पाँचदलीय गठबन्धनबाट महोत्तरी–३ मा लोसपा अध्यक्ष ठाकुरको उम्मेदवारी दर्ता

महोत्तरी, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको सो क्षेत्रमा अध्यक्ष ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन ।
यसअघि २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।
उनीसँगै प्रदेश सभातर्फ महोत्तरी ३(१)बाट लोसपाका अभिराम शर्मा र ३(२) बाट रानी शर्मा तिवारीले उम्मेदवारी दर्ता गराएका छ्न ।
प्रदेश सभातर्फ महोत्तरी को ३(२) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


