महोत्तरी, २३ असोज । महोत्तरी क्षेत्र नम्बर–३ मा एमाले–जसपा गठबन्धनको तर्फबाट जसपा नेता हरिनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभातर्फ ३ को (१) मा जसपाका दीपेन्द्र झा र ३ को (२) मा एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।

जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।