सप्तरी, २३ असोज । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने भएका छन् ।

डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

सप्तरी–२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिँदैछन् । ठाकुरले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए ।