माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता

रौतहट, २३ असोज । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्य तालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । अध्यक्ष नेपालको रौतहट गृह जिल्ला हो ।
राप्रपा अध्यक्ष लिङ्देनले गरे उम्मेदवारी दर्ता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार वटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


