काठमाडौं, २२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

एमालेले उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच दलीय सत्ता गठबन्धनमा मिसिंदा उपेन्द्र यादव नेतृत्वको जसपाले एमालेसँग तालमेल गरेको छ ।