काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि रुघा खोकी र ज्वरो आएपछि उनी अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अस्पतालका उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।