कांग्रेस कार्यसम्पादन समितिको बैठक अनिश्चित

काठमाडौं, २१ ऋसोज । सत्तारूढ नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अनिश्चित बनेको छ ।
बिहीबार गठबन्धनको बैठककै कारण कार्य सम्पादन समितिको बैठक बस्न सकेको थिएन । बिहीबार बस्न नसकेको बैठक शुक्रबारका लागि सारिएको थियो ।
संघ र प्रदेशका उम्मेदवार छनोट गर्नका लागि कार्यसम्पादन समितिको बैठक डाकिएको हो । ३७ सदस्यीय कांग्रेसको कार्यसम्पादन समितिमा प्रदेशगत छलफल गरेर संसदीय समिति मार्फत उम्मेदवारको चयन गरिने नेताहरूले बताएका छन् ।
संघ र प्रदेशका लागि निर्वाचन आयोगले आइतबारका लागि उम्मेदवार मनोनयनको समय तोकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


