समानुपातिक तर्फको मतपत्र छपाई सकियो

काठमाडौं, २१ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए ।
आयोगले असोज २३ गतेदेखि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दैछ । असोज २८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


