काठमाडौं, २१ असोज । धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी नेपालले २ सिट पाउने सहमति गरेको स्रोतले जनाएको छ ।

धनुषा–२, ३ र ४ एमालेले पाउने भएको छ भने धनुषा–१ जसपाले पाउने भएको हो ।

एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा यस्तो सहमति भएको एमालेका एक नेताले जानकारी दिए ।

धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया, ३ मा एमालेकी जुली महतो र ४ मा एमालेका रघुवीर महासेठले पाउनेछन् । त्यसैगरी धनुषा–१ मा जसपाका दीपक कार्कीले टिकट पाउने स्रोतले जनाएको छ ।

त्यस्तै, प्रदेश सभाको कूल ८ सिटमध्ये ४ सिट एमाले र ४ सिट जसपाले पाउने सहमति भएको छ ।

प्रदेश सभामा एमालेले धनुषा–१(१), धनुषा–१(२), धनुषा–३(२) र धनुषा ४(२) पाउने भएको छ भने जसपाले धनुषा–२(१), धनुषा–२(२), धनुषा–३(१) र धनुषा–४(१) पाउने भएको छ ।

एमाले परित्याग गरी जसपा प्रवेश गरेका गंगाराम यादवले प्रतिनिधिसभाको टिकट नपाउने भएका छन् ।