काठमाडौं, २१ असोज । नेकपा एमालेकी नेतृ गंगा सत्गौवा थारूले आसन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ–१ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै उनले टिकट नपाएपछि स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।

‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरूको साथ चाहिएको छ,’ थारूले लेखेकी छन् ।

यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा उनी दुईपटक समानुपातिक सांसद भएकी थिइन् ।