कांग्रेसले यसपालि शुभकामना आदान–प्रदान तथा चियापान नगर्ने

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष कोजाग्रत पूर्णिमाकै दिन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम आयोजना नगर्ने भएको हो ।
२०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


