घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

चितवन, १९ असोज । चितवनमा घाँटीमा मासु अड्किएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् ।
सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
पुरानो मेडिकल कलेज पुर्याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


