झापा, १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् ।

विजयादशमीको अवसरमा ओलीले बिहान ९ देखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९, शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुकलाई टीका लगाइदिएका हुन् ।

अध्यक्ष ओलीले बडादसैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामनासमेत दिएका छन् ।