आसन्न निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं, १७ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
२०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी ४ मंसिर हुने निर्वाचनमा भने उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
‘२०६४, २०७० र २०७४ (साल) को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईँहरूको सेवा गर्ने अवसर दिनु भएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भनेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेसपाका उम्मेदवारहरू माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकारभित्रको हँसिया हथौडा) बाट चुनावमा उठ्ने पनि सहमति भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


