माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौं, १७ असोज । प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमाले प्रवेश गरेका छन् ।
उनी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । लामालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।
लामासहित अन्य केही नेताहरू पनि एमाले प्रवेश गरेका छन् । लामा हुम्लाका नेता हुन् । त्यस्तै, आइतबार मात्रै इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी एमाले परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


