काठमाडौं, १७ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुसले युक्रेनको भूभाग अतिक्रमण गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको भट्टराईले कुनै सार्वभौम मुलुकको भूभाग अर्को देशले कुनै पनि बहानामा र प्रायोजित जनमत संग्रहमार्फत अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएका हुन् ।

यस्तै, उनले रुस र युक्रेन प्रकरणमा युएन निरीह बन्नु पनि गम्भीर भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत भट्टराईले अरूलाई खाने बाघले आफूलाई पनि खाने भन्दै सचेत रहन पनि आग्रह गरेका छन् ।