सप्तरीको छिन्नमस्ता मन्दिरमा श्रद्धालुको व्यापक भीड

जनकपुरधाम, १७ असोज । विजयादशमीको अवसरमा सप्तरीको छिन्नमस्ता मन्दिरमा दैनिक पूजाआजा गर्न श्रद्धालु भक्तजनको व्यापक भीड देखिएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिकामा अवस्थित सखडेश्वरी भगवती शक्तिपीठमा पूजाआजा तथा दर्शन गर्न आउनेहरुको भीड बढेको हो ।
छिन्नमस्तामा अवस्थित भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, सखडा माता भनेर पूजा–अर्चना र भाकल गरिन्छ ।
खडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण स्थानीय भक्तजनले छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्न थालेका हुन् ।
भगवतीको नामबाट गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हाल गाउँपालिकाको नाम समेत राखिएको छ । सखडेश्वरी सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहको कुलदेवी रहेको इतिहासमा उल्लेख छ ।
हेरौं आइतबार राति छिन्नमस्ता मन्दिरको निशा पूजाका केही तस्बिरहरु :



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


