कर्णालीमा हवाई यात्रा गर्न जहाज नपाउँदा यात्रु अलपत्र

सुर्खेत, १६ असोज । हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, दीपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरू नेपालगन्जमै अलपत्र परेका छन् ।
हुम्लाको सिमिकोटका लागि एक मात्र यातायातको साधन हवाई यात्रा रहेकाले निजी कम्पनीले काठमाडौंमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगन्जमै थन्किएका छन् ।
हाल नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् ।
हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिला नै प्याक भइसकेको जवाफ दिँदै आएका छन् ।
निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगन्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती व्यहोर्नु परिरहेको यात्रुहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


