मंसिर ४ मा प्रतिगमन विरोधी शक्तिलाई जिताउन प्रचण्डको अपिल

काठमाडौं, १६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् ।
दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरे ।
सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र सङ्घीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, सङ्घीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


