अर्घाखाँची, १६ असोज । पोखरीमा डुबेको अवस्थामा २७ वटा बाँदर फेला परेको छ ।

अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा रहेको सिँचाइ पोखरीमा बाँदर डुबेर मरेको स्थानीय बलराम रायमाझीले बताए ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ ।

यता जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई व्यवस्थापन गरेका छन् ।