पाँचदलीय गठबन्धनबाट बाहिरिने जसपाको संकेत

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी नेपालले पाँचदलीय गठबन्धनबाट बाहिरिन सक्ने संकेत दिएको छ । शनिबार बसेको जसपाको कार्यकारिणि समितीको बैठकले यस्तो संकेत देखाएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।
‘हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँचदलीय गठबन्धनमा आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सीट बाँडफाँट सम्बन्घी छलफलमा हाम्रो पार्टीको लागि संतोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सीटको तालमेल गर्न सकिने छ’ जारी प्रेस नोटमा भनिएको छ ।
यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको उनले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


