जनकपुरधाम, १५ असोज । मधेस प्रदेशमा प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा २४ हजार ८१८ लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा प्रदेशको विभिन्न जिल्लाबाट २४ हजार लिटरभन्दा बढी तयारी मदिरा नष्ट गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

यस्तै मदिरा बनाउनका लागि राखिएको २ लाख २१ हजार ४७५ लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा ९८ वटा भट्ठी नष्ट गरिएको छ भने २२ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।