निर्वाचन आयोगद्वारा चुनावी कार्यतालिका सार्वजनिक

काठमाडौं, १५ असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले २६ असोजमा उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।
२३ असोजदेखि २६ असोजसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय भएको आयोगको सूचनामा उल्लेख छ ।
‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुनेछ । मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम छ,’ आयोगको सूचनामा भनिएको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार हुनका लागि मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै उम्मेदवारी दिन सक्ने जनाएको छ । आयोगले मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने पनि बताएको छ ।
आयोगका अनुसार महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


