छोराको हत्या गरेको अभियोगमा पिता पक्राउ

बर्दिया, १४ असोज । प्रहरीले छोराको हत्या गरेको अभियोगमा पितालाई पक्राउ गरेको छ ।
आफ्ना २० वर्षीय छोरा विवेक चौधरीको हत्या गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका हुन् ।
लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
घटनापश्चात् फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ इन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा शुक्रबार बिहान फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


