काठमाडौं, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवारी दिने भएका छन् ।

राप्रपासँग एकता गरेको दुई दिनपछि शुक्रबार मिश्रले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए ।

मिश्र २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए ।

विजयी भएका नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मत प्राप्त गरेका थिए ।