रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

काठमाडौं, १४ असोज । राप्रपा नेत्री रेखा थापा पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएकी छन् ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार थापालाई कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् ।
यसअघि थापालाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उनी राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।
थापा यसपालि चुनावमा मोरङ–३ बाट उम्मेदवार हुने तयारीमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


