लोक सेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं, १३ असोज । लोक सेवा आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
संविधानमा व्यवस्था भए अनुरूप लोक सेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेस गर्दै आएको छ ।
आयोगबाट प्रस्तुत भएको यो ६३औँ वार्षिक प्रतिवेदन हो । आयोगका तर्फबाट प्रतिवेदन पेस गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका बारेमा विवरण प्रस्तुत गरेका थिए ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रूपमा रहेको लोक सेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी बनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेकी थिइन् ।
पेस भएको प्रतिवेदनमा दिइएका सुझावलाई समयमा नै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत उनले बताएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


