प्रधानमन्त्रीलाई खेलकुद मन्त्रीले दिए नवौं राष्ट्रिय खेलकुदको निम्तो

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको निम्तो दिएका छन् ।
प्रधानमन्त्री देउवालाई बिहीबार भेटेर मन्त्री गहतराजले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सहभागिताका लागि निम्तो दिएका हुन् ।
मन्त्री गहतराज र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ प्रधानमन्त्रीलाई निम्तो दिन बालुवाटारस्थित निवासमा गएका थिए ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


