विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले दिए राजीनामा

काठमाडौं, १३ असोज । विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् ।
उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहे गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो ।
उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ । नेपाल सरकारका पूर्वसचिव थापा ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए ।
अहिले विवेकशील साझा नेताहरुले पार्टी छोड्ने लहर चलेको छ । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको समूह बुधबार राप्रपा प्रवेश गरेको छ । विवेकशील साझाका अधिकांश चर्चित अनुहार पनि निश्कृय बनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


