एमाले उपाध्यक्ष पाण्डेलाई मातृशोक

काठमाडौं, १३ असोज । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन् ’कान्छो भाइ दिपेन्द्रले बिहान सवा ४ बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।’ आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको पाण्डेले जानकारी दिएका छन् ।
मनमाया पाण्डेको काठमाडौं सीतापाइला स्थित आफ्नै निवासमा निधन भएको हो । उनका पाँच छोरा र तीन छोरी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


