जनकपुरधाम, ११ असोज । मधेस प्रदेशको विभिन्न स्थानबाट प्रहरीले दुई महिनामा २४७ जनालाई पक्राउ गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा आठवटै जिल्लाबाट २३५ पुरुष र १२ महिला लागूऔषधसहित पक्राउ परेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले दिएको जानकारी अनुसार प्रहरीले यस अवधिमा लागूऔषध गाँजा ८२० किलो, ७२८ ग्राम, डाईलेक्स डिसी ५९ लिटर, ब्राउन सुगर २५० ग्राम बरामद गरेको हो ।

त्यस्तै, लागूर्आषध ट्याब्लेट १४ हजार २८२ पिस, चरेस १५ किलो ८०९.१७० ग्राम, इन्जेक्सन २३ हजार ७ सय र हिरोईन ५९ ग्राम २०२ मिलिग्राम बरामद गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।