काठमाडौं, ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावलीलगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

तत्कालीन सत्तारुढ पार्टीले दुईपटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको उनले बताए । मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए ।

कांग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताउँदै उनले कांग्रेसले नै राजनीतिलाई ठिक ठाउँमा पुर्याएको बताए । नेपाली कांग्रेसले सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको दाबी छ ।