काठमाडौं, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण घोषणासभा हुने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने भएको हो ।

राप्रपामा मिश्रको पद के हुने भन्नेबारे भने श्रेष्ठले खुलाएका छैनन् ।

‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।’