श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

काठमाडौं, ८ असोज । श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा अर्घाखाँचीको सितगंगा नगरपालिका–३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषाललाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


