जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं, ८ असोज । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने माधव गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै भक्तपुर नगरपालिका–५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कमलविनायक बस्ने २६ वर्षीय सुदीप वैद्यसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


