एमाले अध्यक्ष ओलीलाई जनकपुरधाममा युवाहरुले देखाए कालो झण्डा

जनकपुरधाम, ८ असोज । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजना हुन लागेको नेकपा एमालेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई युवाहरुले कालो झण्डा देखाएका छन् ।
दुवै सदनबाट पारित गरिएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसमा एमालेले समर्थन गरेको भन्दै युवाहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् ।

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका छन् । उनीहरुले स्थानीय भानुचोकमा नाराबाजीसमेत गरेका हुन् ।
पूर्व प्रधानमन्त्री ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमाले प्रवेश गराउन धनुषा आइपुगेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


