बृहत् नागरिक आन्दोलनले डा.केसीको समर्थनमा प्रदर्शन गर्ने

काठमाडौं, ७ असोज । बृहत् नागरिक आन्दोलनले आमरण अनरसरत डा. गोविन्द केसीको समर्थनमा शनिबार प्रदर्शन गर्ने भएको छ ।
शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको आन्दोलनले बताएको छ ।
विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा. केसीले १२ दिनअगाडि धनगढीमा अनसन थालेका थिए ।अनसनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।
तर डा. केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


