सशस्त्रको प्रवक्ताको जिम्मेवारी एसएसपी पुरुषोत्तम थापालाई

काठमाडौं, ७ असोज । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ ।
आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।
यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ । गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।
नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


