काठमाडौं, ६ असोज । पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठलाई सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नम्बरको बसले बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।