काठमाडौं, ५ असोज । अनेरास्ववियू (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति भण्डारीले पारित नगरेको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) ले काठमाडौंमा प्रदर्शन गरेको हो ।

संविधानमाथि ‘कू’ गरेको भन्दै नयाँ बानेश्वरमा उनीहरूले राष्ट्रपति भण्डारीको पुत्लासमेत जलाएका छन् ।