काठमाडौं, ५ असोज । युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई स्वागत गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेकपा एमाले निकट युवाहरूको संगठन युवासंघले बानेश्वर–माइतीघर सडक खण्डमा प्रदर्शन गरेको हो ।

तर, प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।

सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको बताइरहेका बेला एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको हो ।