सिरहा, ५ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरूले बुधवार बिहान सिरहामा उनको पुत्ला दहन गरेको हो ।

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।

सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।