डा.केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं, ३ असोज । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेसागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेका हुन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।
संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘डा. केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पु¥याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’
स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सात बुँदे माग राख्दै डा. केसी ८ दिनदेखि कैलालीको धनगढीमा अनसनरत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


