१६ हजार ५८७ जनामा डेंगु पुष्टि, २० जनाको मृत्यु

काठमाडौं, ३ असोज । साउन महिनादेखि आइतबारसम्म १६ हजार ५८७ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा यो रोगबाट २० जनाको मृत्यु समेत भएको छ ।
सबै भन्दा धेरै बागमती प्रदेशमा १२ हजार ४०१ मा डेंगु पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा २ हजार ४२२ मा डेंगु देखिएको छ ।
अहिलेसम्म देशमा ७५ जिल्लामा डेंगु पुष्टि भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


