समानुपातिकतर्फ बाबुरामलाई माओवादीले दियो ५ सिट

काठमाडौं, ३ असोज । नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।
पुनले भने, ‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० जनाको सूची बुझाएका छौं ।’
उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


