उपाध्यक्ष महरा समानुपातिकमा

काठमाडौं, ३ असोज । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ ।
सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।
महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए ।
समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


