जनकपुरधाम, ३ असोज । धनुषा र रुपन्देहीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ मणिमण्डप पोखरीमा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीय प्रिन्स राउतको मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर बेहोस भएका उनको प्रादेशिक अस्पताल हुँदै जानकी हेल्थ केयरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका–१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका–३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।