जनकपुरधाम, ३ असोज । जनकपुरधाममा स्वर्गद्वार बनाउने समाजसेवी पवन कुमार सिंघानिया प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई पदक दिएकी हुन् । सिंघानियाले श्मशान घाटलाई पर्यटकीय गन्तव्यको रुपमा परिणत गरेका हुन् ।

यस्तै सोही पदकबाट धनुषाका गंगाराम यादव र महोत्तरीका लक्ष्मी महतो पनि सम्मानित भएका हुन् । यस्तै विकास रत्न पदकबाट धनुषाको बटेश्वर गाउँपालिकाका कृषक गणेश कुमार साह सम्मानित भएका छन् ।