संविधान कार्यान्वयनका लागि संघीय सरकार बाधक : मुख्यमन्त्री पाण्डे

हेटौंडा, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधान कार्यान्वयनका लागि संघीय सरकार बाधक रहेको बताएका छन् ।
संघीय सरकारले संघीयता कार्यान्वयनमा चासो नदिँदा समस्या भएको उनको भनाई छ ।
संविधान दिवसको अवसरमा प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश तहले कानुन निर्माण गर्न बाधा अवरोधको सामना गर्नुपरेको र संविधान नै कार्यान्वयनमा समस्या भएको बताए ।
उनले संवैधानिक अधिकार व्यवस्थित नहुँदा प्रदेश सरकारलाई काम गर्न जटिलता भएको र संविधानमा व्यवस्था भएको अधिकार समेत नपाएको बताए ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले संविधान दिवसलाई औपचारिक मात्र बनाउँदा मर्मबारे आम नागरिक अझै प्रस्ट हुन नसकेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


