न्याय सेवा आयोगले सरकारलाई पठायो निर्वाचन अधिकृतको नाम

काठमाडौं, २ असोज । न्यायपरिषदले ७७ जना जिल्ला न्यायाधीशलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ ।
परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको हो ।
त्यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ ।
परिषदको सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ति गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


